ताजा समाचार

स्यालको टोकाइबाट हुम्लामा ४ जना घाइते, दुईको अवस्था चिन्ताजनक

 

सिमकोट २१ माघ । हुम्लाको मैला गाविसमा जंगली स्यालले टोकेर चार जना घाइते भएका छन् ।
मैला गाविस १ देखि ९ वडा सम्मका बनहरुमा काम गर्न गएको वेला अचानक जंगली स्यालले आक्रमण गर्दा मैला ५ की १५ वर्षिया शान्ति शाही, ३ कि ३१ वर्षिया बिउरा बुढा, मैला १ का १४ वर्षिय बर्सिंग चँदारा, नरविर धामी घाइते भएको मैला ५ का हेमबहादुर शाहीले जानकारी दिनु भएको छ । घाइते मध्ये शान्ति र धामीको स्थानीय स्तरमा उपचार हुन नसकेपछि नेपालगञ्ज लगिएको मैला स्वास्थ्य चौकीका इन्चार्ज लिलाराज शर्माले जानकारी दिनु भयो । घर आसपासै बाटोमा हिडिरहेका बेला चर्को श्वरमा कराउँदै आएका जंगली स्यालले आएर एकासी चिथोरेपछि चार जना घाइते भएका हुन् । स्यालको टोकाइबाट २ भैसी समेत मरेका छन् । गएको एक साता देखि जंगली स्यालको आक्रमणले मौ गाविसका स्थानीय बासिन्दाहरु लाई समेत त्रास बनाएको छ । अहिले कुनेै पनि निकायाले त्यसको नियन्त्रणका बारेमा कुनै पहल नभएको समेत मैला स्वास्थ्य चौकी इन्चार्ज शर्माले बताए ।
त्यस्तै हुम्लाको सदरमुकाम सिमकोटकै मानसरोवर बहुमूखि क्याम्पसमा भेटिएको बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिए पारेको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्नो क्षेत्रको सरसफाई गर्ने क्रममा भेटिएको संकाष्पद बमलाई आज सुरक्षित रुपमा निष्क्रिए पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कमलप्रसाद नेपालले जानकारी दिनु भयो ।  तत्कालिन बिद्रोही नेकपा माओवादीले शुरु गरेको शसस्त्र द्धन्द्धबाट आत्म सुरक्षाका लागि सुरक्षाकर्मीले आप्mनो पेरिमिटरमा बम राखेको हुन सक्ने समेत जिल्ला प्रहरीले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org