धामी झाँक्रीको भरपर्दा लालको उपचार कठिनाइ
![](http://news-nepal.com/wp-content/uploads/2017/02/dhami-jhakri.jpg)
जाजरकोट, २३ माघ । खगेनकोट–९ की कमला पुन नौ महिनाको हुँदा उनकी आमाको घाँस काटने क्रममा भिरबाट लडेर मृत्यु भयो । अहिले उनी ५ वर्षकी भइन् । उनलाई स्याहार गर्ने हजुरआमाको मृत्यु भएको पनि एक वर्ष पुग्न लाग्यो । कमला अहिले थलिएका २५ वर्षीय बाबु लालबहादुर पुनको हेरचारहमा व्यस्त छिन् ।
बिरामी बाबुलाई खुवाउने र भित्र–बाहिर गराउने उनै कमलाले गर्छिन् । घरमा ७३ वर्षीय वृद्ध हजुरबा पनि हुनुहुन्छ । उहाँले अझैपनि गाईबस्तु हेर्ने र घरको अन्य काम गर्नुहुन्छ । कमलाका उमेरका सबै नजिकै रहेको विद्यालयमा पढ्न जान्छन्, तर उनी भने बाबुको हेरचाहमै दैनिक कट्ने गरेको सुनाउँछिन् । “हजुरआमा छँदा बाबाको सबै रेखदेख उहाँले गर्नुहुथ्यो, उहाँको मृत्युपछि मैले नै गर्नुपरेको छ”, उनले भनिन् ।
“म खाना पकाउन सक्दिन, कहिलेकाहीँ भोक लाग्छ अनि आधा घन्टाको टाढा रहेको विद्यालयमा गई त्यहाँ पकाएको खाजा ल्याएर खान्छु र बाबालाई पनि दिन्छु”, कमलाले भनिन्, “रातिभरि बाबाको हेरचाह हजुरबाले गर्नुहुन्छ दिउँसोभरि म गर्छु । ”
उनका बाबुलाई छारे रोग अर्थात् ‘चरिफाई’ लागेको छ । आज्ञानताका कारण यस्ता रोगीलाई स्वास्थ्य संस्थामा उपचार गर्नुको साटो देवता लागेको भन्दै अहिलेसम्म १५ भन्दा बढी बोकाको बली दिइसकेको छौ भन्नुभयो, कमला हजुरबा लीलबहादुरले । “अहिले घरमा केही सम्पति छैन, छोरा घरमै मर्ने भयो” उहाँको गुनासो थियो ।
लालबहादुरका हातखुट्टा र अनुहार छारे रोगले गर्दा मुर्छा परेका बखत आगोले पोलेर घाउ समेत भएको छ । खगेनकोट गाविसको सबैभन्दा विकट वडा ९ मङ्सिरीमा पुग्न दल्ली स्वास्थ्य चौकीबाट एक दिन लाग्छ । बिरामी भएपछि लालबहादुरले अहिलेसम्म स्वास्थ्य संस्था पुग्न पाउनुभएको छैन ।
दैनिक धामीझाँक्री मात्र हेराउँदा लालबहादुर मृत्युको नजिक पुगेको स्थानीय शिक्षक मनिषा सिंहले बताउनुभयो । पूर्वजन्ममा सन्तानले गरेको पाप अहिले यसले भोग्दैछ भनी गाउँलेले कुरा काट्ने गरेका छन् तर अस्पतालमा उपचार हुनसक्ने रोग समेत धामीझाँक्रीको भरका कारण पर्दा लालको जीवन बर्बाद लागेको उहाँको भनाइ छ । रासस
Comments
अरु समाचार
-
आजको राशिफलः २०८१ असार १४ गते शुक्रवार
मेषः खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। नाम र दामका...
-
डेंगु फैलन नदिन लार्भा नष्ट गर्ने अभियानमा काठमाडौं महानगर
काठमाडौं । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगु रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना...
-
पथलैया–हटौँडा सडक एक साताभित्र तयार हुने
काठमाडौं । पथलैया–हटौँडा सडक खण्डअन्तर्गत आधाभार क्षेत्रमा निर्माणाधीन दुई किलोमिटर दूरीको सडक एक साताभित्र तयार हुने भएको छ । सडक...
-
सबैभन्दा बढी विद्यार्थीले ल्याए २.८० देखि ३.२० जीपीए
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज पत्रकार सम्मेलनमार्फत नतिजा...
-
झापामा हात्ती मृत फेला
काठमाडौं । झापाको मेचीनगर नगरपालिका–३ मा एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी स्थानीयवासीले खोलामा मरेको हात्ती...
-
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी...
-
वर्षाका कारण विराटनगरका अधिकांश भाग डुबानमा, विमानस्थल पनि बन्द
काठमाडौं । अविरल वर्षाका कारण विराटनगरका अधिकांश भाग डुबानमा परेका छन्। विराटनगर महानगरपालिका वडा नं १,२,३,४,५,६,११,१२ ,१४ र १९ डुबानका...
-
एसइईको नतिजा भोलि बिहीबार प्रकाशन गरिने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा भोलि बिहीबार बिहान प्रकाशन गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका...
-
पहिरोमा परी लमजुङमा चारजनाको मृत्यु
काठमाडौं । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरू बेपत्ता...