४१ वर्षदेखि चिठी बोक्दै दाहाल !
गोरखा, २४ माघ । एउटा व्यक्ति एउटै पदमा कतिन्जेल काम गर्न सक्ला ? १०, २० वर्ष, कति ? सामान्यतः निवृत्तिभरण नपाक्दासम्म जागिर खाने प्रचलन पुरानै हो । तर, गोरखाको मान्वु–२ थलचोकका यमबहादुर दाहालले भने चिठी बोक्ने जागिर खाँदै आएको ४१ वर्ष बितिसकेको छ ।
जिल्ला हुलाक कार्यालय, धादिङबाट २०३२ सालदेखि हलकारा (चिठी बोक्ने जागिर) सुरु गरेका दाहालले थुमीको आर्खेतदेखि मान्बुसम्म चिठी बोक्ने काम गर्दै आउनुभएको हो । मान्वु गाविस तत्कालीन अवस्थामा धादिङ जिल्लाअन्तर्गत थियो । मान्वुसहित काशी गाउँ र केरौँजा गाउँ पछि गोरखातिर गाभिए ।
चौध वर्षको उमेरमा सुरु गरेको जागिर बुढ्यौली हुँदासमेत दाहालले छाड्नुभएको छैन । उनान्साठी वर्षीय दाहाल तन्नेरी झैँ सातामा दुई दिन आर्खेत झरेर चिठी लिएर मान्वु पुग्दै आउनुभएको छ । “असिनपसिन गरेर महिनाभर दगु¥यो, तलब रु ५० पाइन्थ्यो,” काम सुरु गर्दाको बेला सम्झना गर्दै दाहालले भन्नुभयो – “तलब बढेर अहिले चार हजार पुगेको छ ।”
हुलाकीले ल्याएका चिठीपत्र हलकाराले एक ठाउँबाट अर्को ठाउँसम्म पु¥याउँछन् । दाहालले भन्नुभयो – “एकचालीस वर्ष सेवा गरेँ । सरकारले स्थायी गरिदिएन । पेन्सन आउने कुरा नै भएन ।” आइतबार र मङ्गलबार चिठी बोक्ने काम गर्दै आउनुभएका दाहालको माग छ – “अतिरिक्त हुलाक कर्मचारी (पारिश्रमिक) लाई पनि हुलाकका कर्मचारी (निजामती) को जस्तै सेवा र सुविधा दिनुपर्छ ।”
विगत १० वर्षदेखि गाउँमा चिठीपत्र कम आउन थालेको र फोन र मोबाइलको सेवा गाउँसम्म पुगेपछि हुलाकमार्फत चिठी पठाउनेको सङ्ख्या घटेको उहाँको अनुभव छ । “पहिले मोबाइल थिएन, फोन थिएन,” उहाँले भन्नुभयो – “खबर आदानप्रदान गर्ने एकमात्र माध्यम चिठी थियो । समयमै चिठी गाउँ–गाउँमा पु¥यायौँ भने मात्रै गाउँलेले खबर थाहा पाउँथे ।”
दाहालसँगै जागिर सुरु गरेका घ्याल्चोकका केशव रेग्मी र एकबहादुर गुरुङले पनि चिठी बोक्ने कामलाई निरन्तरता दिँदै आउनुभएको छ । रेग्मी र गुरुङले पनि ४० वर्षदेखि हलकारा जागिरलाई निरन्तरता दिइरहनुभएको छ । गोरखामा ५६ जनाभन्दा बढी व्यक्ति विभिन्न गाविस र वडामा रहेर हलकारा जागिरलाई निरन्तरता दिँदै आएको नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन, गोरखाले जनाएको छ ।
एसोसिएसनका गोरखा जिल्ला अध्यक्ष खडानन्द ढकालले भन्नुभयो – “लामो समयदेखि चिठी बोक्ने कामलाई निरन्तरता दिँदै आउनुभएका अग्रजहरुलाई हामीले दोसल्ला ओढाएर, सम्मानपत्र साथ सम्मान गरेका छौँ । तर सरकारले सम्मान गर्न सकेन ।” एकचालीस वर्ष काम गरेका कर्मचारीलाई सरकारले उपदान वा निवृत्तिभरण दिनुपर्ने एसोसिएसनले माग गर्दै आएको छ ।
Comments
अरु समाचार
-
आजको राशिफलः २०८१ असार १४ गते शुक्रवार
मेषः खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। नाम र दामका...
-
डेंगु फैलन नदिन लार्भा नष्ट गर्ने अभियानमा काठमाडौं महानगर
काठमाडौं । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगु रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना...
-
पथलैया–हटौँडा सडक एक साताभित्र तयार हुने
काठमाडौं । पथलैया–हटौँडा सडक खण्डअन्तर्गत आधाभार क्षेत्रमा निर्माणाधीन दुई किलोमिटर दूरीको सडक एक साताभित्र तयार हुने भएको छ । सडक...
-
सबैभन्दा बढी विद्यार्थीले ल्याए २.८० देखि ३.२० जीपीए
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज पत्रकार सम्मेलनमार्फत नतिजा...
-
झापामा हात्ती मृत फेला
काठमाडौं । झापाको मेचीनगर नगरपालिका–३ मा एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी स्थानीयवासीले खोलामा मरेको हात्ती...
-
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी...
-
वर्षाका कारण विराटनगरका अधिकांश भाग डुबानमा, विमानस्थल पनि बन्द
काठमाडौं । अविरल वर्षाका कारण विराटनगरका अधिकांश भाग डुबानमा परेका छन्। विराटनगर महानगरपालिका वडा नं १,२,३,४,५,६,११,१२ ,१४ र १९ डुबानका...
-
एसइईको नतिजा भोलि बिहीबार प्रकाशन गरिने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा भोलि बिहीबार बिहान प्रकाशन गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका...
-
पहिरोमा परी लमजुङमा चारजनाको मृत्यु
काठमाडौं । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरू बेपत्ता...