ताजा समाचार

इजरायल बस्ती विस्तार शान्तिका लागि राम्रो हुँदैन : ट्रम्प  

जेरुसेलम  ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली हेयम पत्रिकासँगको अन्तरवार्तामा प्यालेस्टिनी भूभागमा इजरायली पक्षले विस्तार गर्न लागेको बस्ती ‘शान्तिका लागि सही नहुने’ बताएका छन् ।

राष्ट्रपति ट्रम्पको पदबहाली पछि इजरायली बस्ती विस्तारसम्बन्धी प्रत्यक्ष प्रतिक्रिया आएको यो पहिलो पटक हो ।
हिब्रु भाषामा प्रकाशित हायममा ट्रम्पले विवादास्पद प्यालेस्टिनी भूमिमा इजरायली बस्ती बसाउने कुरा राम्रो नभएको बताएका हुन् । उक्त अवसरमा राष्ट्रपति ट्रम्पले आफूले तेलअभिवमा रहेको अमेरिकी राजदूतावासलाई जेरुसेलममा सार्ने कुराबारे पनि गम्भीर अध्ययन गरिरहेको बताए ।

इजरायली प्रधानमन्त्रीको वासिङटन भ्रमणपूर्व उक्त पत्रिकालाई दिएको अन्तरवार्तामा ट्रम्पले “आफू बस्ती विस्तार शान्तिका ठिक हुन्छ भन्ने व्यक्ति नभएको” बताएको उक्त पत्रिकाले जनाएको छ ।

अन्तर्राष्ट्रिय समुदायद्वारा वेस्ट बैंक र पूर्वी जेरुसेलममा बस्ती विस्तार गरिनु गैरकानुनी भएको जनाउँदै यसले प्यालेस्टिनीको शान्तिप्रतिको आशामा तुषारापात भएको जनाउँदै आएका छन् ।

ट्रम्प र ट्रम्प प्रशासन भने इजरायलद्वारा हालैका दिनमा विवादित वेस्ट बैंक र पूर्वी जेरुसेलममा छ हजार घर निर्माण गर्ने योजना सार्वजनिक गर्दा विल्कुल चुपचाप देखिएको थियो ।

राष्ट्रपति ट्रम्पले आफू विवादास्पद बस्ती विस्तारका विषयमा साह्रै गम्भीर रुपमा सोचविचार गरिहेको र बस्ती विस्तारसम्बन्धी विवाद समाधान गर्न आफूले पदभार सम्हाल्नुपूर्व नै प्रतिबद्धता जनाएको छ ।

यद्यपि उक्त विवाद समाधान गर्नु सहज नभएको उहाँको प्रतिक्रिया थियो । राष्ट्रपति ट्रम्पको अन्तरवार्ता अङ्ग्रेजी भाषामा भने उपलब्ध छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org