ताजा समाचार

आप्रवासीलाई निकाल्न ट्रम्पले ल्याए नयाँ रणनीति,अब के हुन्छ ?

काठमाडौं १२ फागुन । ट्रम्प प्रशासनले अवैध रुपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई निकाला गर्न नयाँ नीति ल्याएको छ ।

मुस्लिम बहुल ७ देशका नागरिकलाई अमेरिका प्रवेशमा अन्तरिम रोक लगाउने प्रयासमाथि अदालतले रोक लगाएको छ र, यसको चौतर्फी आलोचना भइरहेकोन छ ।

ट्रम्प प्रशासनले अब गैरकानुनी आप्रवासीलाई उनीहरुकै देशमा र्फकउने गरी नयाँ रणनीति बनाएको छ ।

नयाँ निर्देशिकाले आप्रपासीहरु सम्वन्धी कानुनमा फेरबदल नगरे पनि अहिले भएका व्यवस्था कडाइपूर्वक लागू गर्ने लक्ष्य लिइएको छ । यसको पहिला निशानामा आवश्यक कागजात विना बसिरहेका र आपराधिक गतिविधिमा संलग्न भएका आप्रवासीहरु पर्नेछन् । साथै ट्राफिक नियम उल्लंघन वा चोरीमा संलग्नहरुलाई समेत कागजपत्र नभएका आप्रवासीहरुलाई गम्भीर अपराधमा संलग्न भएकाहरुलाई जसरी नै अभियोग लगाइनेछ ।

हृवाइट हाउसका प्रवक्ता एन स्पाइससले आम रुपमा देश निकाला नहुने तर, भएका कानुन कार्यान्वयनमा जोड दिने बताए । देशको सुरक्षालाई जोखिममा पार्न सक्ने वा अपराधिक गतिविधिमा संलग्नहरुलाई उनीहरुकै देश फर्काउने योजना रहेको उनले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org