ताजा समाचार

जीवनयात्रा ‘अठोट’ लिएर पाठकमाझ आईन सूर्यवदना पण्डित

काठमाडौं । सूर्यवदना पण्डितको जीवनयात्रा ‘अठोट’ प्रज्ञाप्रतिष्ठानमा जारी पुस्तक प्रदर्शनीको छेको पारेर सार्वजनिक गरिएको छ। नेपाल सरकारका सचिव दिनेश थपलियाले पुस्तकको विमोचन गरेका हुन् ।

किताबमाथि बोल्दै वक्ता चन्द्रवदना घिमिरेले भनिन्, ‘बालक हुँदै विवाह गरी घरको काम तथा मेलाको काम गर्दै सङ्घर्ष गरेर पढेकी सुर्यवदनाको सङ्घर्षमय जीवन उनको किताबमा उतारिएको छ। सङ्घर्ष गर्नुपर्छ, हरेस खानु हुँदैन भन्ने सन्देश उनको यो ‘अठोट’ले दिन सक्छ।’

अर्का वक्ता भुवनहरि सिग्देलले साहित्यिक परिवारिक सम्बन्धका कारण नै पण्डितले पढाइमा प्रेरणा पाएको उल्लेख गर्दै औंसीमा जन्म भएको कारण औंसीको दिनमै जन्मेको केटा खोज्नुपर्ने क्रममा लमजुङ्का सूर्य कुमारसँग भेट भएको प्रसंग जोडे। ुपरिवारसँग विद्रोह गर्दै पढ्नुभएको हो । घाँस काट्न जाँदा, भारी बोक्दा, बाटोमा हिँड्दै गर्दा पनि पढ्ने गरेकी र कहिलेकाहीँ बाटोमा ठेस लागेर लडेको प्रसङ्ग पनि कोट्याइएको छ,ु सिग्देलले थपे।

नेपाल सरकारका सचिव दिनेश थपलियाले लेखिकालाई पहिल्यै चिनेजस्तो लागेको स्मरण गर्दै उपसचिव सम्म पुगेको बताए।
ुविकास निर्माण, स्वायत्त शासनको कालखण्डमा कार्यरत हुनुहुन्छ। यो निजामति कर्मचारी विशेषतस् माहिला तथा सबै जनाको प्ररणाको किताब बन्न सकोस्,’ थपलियाले थपे, ‘समाजमा भएका कटु घटना तथा अनुभूतलाई अठोटमा समेटिएको छ। गहिरा र सकारात्मक विचार यसमा समेटिएको छ।’ किताबलाई शिखा बुक्सले प्रकाशन गरेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org