मोरङमा पनि स्थानीय निर्वाचनको चहलपहल बढ्यो
पथरी (मोरङ), १८ फागुन । मोरङ जिल्लामा पनि स्थानीय निकाय निर्वाचनको चहलपहल बढेको र आम नागरिकमा उत्साह बढेको पाइएको छ । २० वर्षदेखि भोट हाल्न नपाएर पर्खिएर बस्नुपर्ने अवस्थाको अन्त्य भएकोमा स्थानीयवासी निक्कै उत्साहित छन् ।
विराटनगर–४ का ६७ वर्षीय खगेश्वर तिमल्सिनाले भोजपुरको भुल्केमा २० वर्षपहिले भोट हाल्नुभएको थियो । भोट हाल्न नपाएको धेरै भए पनि सबैलाई मिलाउनुपर्ने उहाँ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “स्थानीय निकायको चुनावले हामीलाई निक्कै उत्साहित बनाएको छ ।” गाउँका राजनीतिकर्मी, अगुवा, युवा, महिला, दलित र बौद्धिक वर्गमा वैशाख ३१ का लागि घोषणा भएको स्थानीय तह निर्वाचनको चर्चा र बहस सबै क्षेत्रमा छ । स्थानीय निर्वाचनले जनप्रतिनिधिविहीन अवस्थाको अन्त्य, विकास निर्माणले गति लिने, सार्वजनिक सेवा प्रवाह सहज बन्ने, संविधानको कार्यान्वयन र भागबन्डाको राजनीति अन्त्य हुने सर्वसाधारणको अपेक्षा छ ।
त्यसैका लागि पनि तोकिएको समयमा निर्वाचन हुनुपर्ने नेपाली काँग्रेस नगर सभापति भीम पराजुलीको भनाइ छ । स्थानीय तहको निर्वाचनको चहलपहल सुरु भइसकेको उहाँ बताउनुहुन्छ । काँग्रेसमा मात्र हैन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मा पनि स्थानीय तहको निर्वाचन घोषणाले कार्यकर्तामा चहलपहल बढाएको छ ।
स्थानीय तहको निर्वाचन अपरिहार्य रहेका कारण पनि सबैमा खुसीको सञ्चार भएको एमालेको तर्क छ । स्थानीय तहको निर्वाचन नै विकास र समृद्धिको आधार गाउँगाउँबाट सुरु हुने भएकाले सबै यो अभियानमा लागिसकेको बताउनुहुन्छ, एमाले मोरङका पूर्वअध्यक्ष महेश रेग्मी । उहाँले भन्नुभयो, “एमाले चुनावी अभियानमा लागिसकेको छ ।”
स्थानीय तहको निर्वाचनले नयाँ नेतृत्व र विकासका लागि जनप्रतिनिधिको ढोका खुलेको माओवादी केन्द्र, मोरङका उपाध्यक्ष भोगेन्द्र यादवको भनाइ छ । उहाँले भन्नुभयो, “अबको विकल्प स्थानीय चुनाउ नै हो ।”
निर्वाचनको मिति घोषणाले ग्रामीण क्षेत्रका बासिन्दालाई उत्साहित बनाएको मात्र छैन स्थानीय तहको सेवासुविधा सहज हुने, विकास निर्माणले गति लिने अपेक्षा नागरिकमा छ । विराटनगर–१ का स्थानीय कविराज निरौला स्थानीय तहको निर्वाचन कसैले रोक्न नसक्ने तर्क गर्नुहुन्छ ।
मधेस केन्द्रित दलको असन्तुष्टि र पुनःसंरचनाको सवालले निर्वाचनमा चुनौती थपिए पनि संविधान कार्यान्वयन र विकासका लागि स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको मधेसमा केन्द्रित नागरिकको नै बुझाइ छ ।
मोरङ जिल्लामा एक उपमहानगरपालिकासहित नगरपालिका, बेलबारी, लेटाङ, पथरी–शनिश्चरे, रङ्गेली, रतुवामाई, सुनवर्षी, उर्लाबारी र सुन्दरहरैचा र आठ गाउँपालिका बूढीगङ्गा, धनपालथान, ग्रामथान, जहदा, कानेपोखरी, कटहरी, केराबारी र मिक्लाजुङ गरी १७ स्थानीय तहमा निर्वाचन हुनेछ ।
Comments
अरु समाचार
-
‘म स्वदेशमै पढ्छुु’ विद्यार्थी महोत्सव जारी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भृकुटीमण्डपमा आयोजना गरेको ‘म स्वदेशमै पढ्छु...
-
संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य गर्ने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच...
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
काठमाडौँ, १ जेठः सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालितरुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ । प्रधानन्यायाधीश...
-
राष्ट्रपति पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
काठमाडौँ, १ जेठः सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा...
-
सभामुखको आग्रहमा कांग्रेस लचिलो,संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको...
-
संसद्को गतिरोध अन्त्य गर्न सभामुख सक्रिय
काठमाडौं । नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं...
-
मन्त्रिपरिषद्बाट १६औं पञ्चवर्षीय योजना पारित
काठमाडौं । मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारितपारित भएको छ। मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले १६औं पञ्चवर्षीय योजना पारित गरेको...
-
गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन
काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन् । उनले यस वर्षको...