ताजा समाचार

प्रजातन्त्रवादी प्राध्यापक सङ्घको चौथो महाधिवेशन भोलिदेखि सुरु

काठमाडौँ, १९ फागुन । प्रजातन्त्रवादी प्राध्यापक सङ्घको चौथो महाधिवेशन भोलिदेखि काठमाडौँमा सुरु हुने भएको छ ।

नेपाली काँग्रेसको शुभेच्छुक संस्थाका रुपमा रहेको प्रजातन्त्रवादी प्राध्यापक सङ्घको चौथो महाधिवेशन भोलिदेखि कीर्तिपुरमा सुरु हुने भएको हो ।

प्रतिनिधि विवादका कारण दुईपटकसम्म स्थगित भएको महाधिवेशन प्रतिनिधि मिलाएर भोलिदेखि गर्न लागेको सङ्घका महासचिव जगत तिमल्सेनाले जानकारी दिनुभयो । महाधिवेशनमा आठ सय ३७ क्याम्पसका करिब एक हजार तीन सय प्रतिनिधिको सहभागीता रहने उहाँले बताउनुभयो ।

विसं २०६३ मा स्थापना भएको सङ्घले हालसम्म तीनवटा महाधिवेशन सम्पन्न गरिसकेको छ । सङ्घले पार्टीलाई आवश्यक परेको सुझाव र सल्लाहसमेत दिँदै आएको छ । महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायत ३१ पदमा निर्वाचन हुनेछ ।

महाधिवेशनको उद्घाटन नेपाली काँग्रेसका पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको महासचिव तिमल्सेनाले बताउनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org