ताजा समाचार

राप्रपाको चुनाव चिन्ह ‘गाई’ नै राख्ने निर्णय, एमालेलाई पछ्याउँलै राप्रपाले पनि मेची–महाकाली अभियान थाल्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव चिन्ह गाई राख्ने निर्णय गरेको छ । राजधानीको धुम्बाराहीस्थित पार्टी कार्यालयमा २ दिनसम्म चलेको केन्द्रिय समितिको बैठकले गाईलाई चुनाव चिन्ह राख्ने निर्णय गरेको सो पार्टीका नेता राजाराम जानकारी दिए ।

तत्कालिन राप्रपा र राप्रपा नेपाबीच एकता भएपछि हलो र गाई कुन चुनाव चिन्ह राख्ने भन्ने बिषयमा पार्टी भित्र विवाद देखिएको थियो ।

केन्द्रिय समिति बैठकमा बोल्ने अधिकांश सदस्यले चुनाव चिन्ह गााई नै उपयुक्त हुने धारणा राखेपछि सर्बसम्मत पारित गरिएको श्रेष्ठले बताए ।

केन्द्रिय समितिले गरेको निर्णय बारे छिट्टै निर्वाचन आयोगलाई जानकारी गराउने सो पार्टीले जनाएको छ । बैठकमा आसन्न स्थानीय निकायको निर्वाचनको तयारी, स्थानीय तहमा निर्माण गरिने सांठगठिक संरचना तथा जिम्मेवारी बाँडफाँडका बिषयमा समेत छलफल भएको सो पार्टीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org