ताजा समाचार

अफगानी शरणार्थीहरुका लागि चीनद्वारा सहयोग घोषणा

काबुल, २७ फागुन । चीनले अफगानिस्तानका शरणार्थीहरुका लागि सहयोग स्वरुप १० लाख अमेरिकी डलर प्रदान गर्ने बिहीबार घोषणा गरेको छ ।

द्वन्द्वका कारण घर छोडेर भागेका झण्डै एक लाख शरणार्थीहरु फेरी आफ्नै घर फर्किन लागेकाले चीनले उनीहरुलाई सहयोग दिन लागेको हो ।

चीनले दिने सहयोग रकम संयुक्त राष्ट्रसङ्घको शरणार्थी सम्बन्धी उच्च आयुक्तको कार्यालय मार्फत् शरणार्थीहरुलाई दिईने भएको छ ।

बिहीबार विहान अफगानिस्तानका लागि चीनका राजदूत याओ जिङले अफगानिस्तानका शरणार्थी र स्वदेश फिर्ता मामिला मन्त्री सईद हुसैन अलिमी बाल्खी र संयुक्त राष्ट्रसङ्घको शरणार्थी सम्वन्धी उच्च आयुक्तको कार्यालयका प्रतिनिधि फाथिआ अब्दाल्ला समेत सहभागी भई काबुलको पुर्वी क्षेत्रमा झण्डै ३३० शरणार्थी परिवारलाई सहयोग वितरण गर्नु भएको छ ।

मन्त्री बाल्खीले अफगानिस्तानका शरणार्थी र विस्थापितहरुलाई सहयोग गर्ने चीन सहित सवै सरोकारवालाहरुलाई कृतज्ञता ज्ञापन गर्नु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org