ताजा समाचार

नयाँ शक्तिले ‘हिमाल–पहाड–तराईरमधेस राष्ट्रिय अभियान’ सञ्चालन गर्ने

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले आगामी चैत महिनामा ‘हिमाल–पहाड–तराईरमधेस राष्ट्रिय अभियान’ सञ्चालन गर्ने भएको छ ।

फागुन २६ गते संयोजक डा. बाबुराम भट्टराईको विशेष उपस्थितिमा बसेको नयाँ शक्ति पार्टी, नेपालको राष्ट्रिय तथा सामाजिक जन–परिचालन समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

हिमाल, पहाड र तराई–मधेशलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याइ संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको वातावरण बनाउन दवाव दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो । अभियानको पहिलो चरणमा चैत १–७ सम्म आन्तरिक तयारी गर्ने निर्णय भएको छ ।

दोस्रो चरणमा चैत ९–१२ सम्म देशव्यापी रुपमा ७ ठाउँमा सभा गर्ने निर्णय भएको छ । नयाँ शक्तिले चैत ९ गते दिउँसो १२ बजे इनरुवामा र दिउँसो ४ बजे लाहानमा सभा गर्नेछ । त्यस्तै चैत १० गते दिउँसो १२ बजे बर्दिबासमा र दिउँसो ४ बजे चन्द्रनिगाहापुरमा सभा गर्नेछ । चैत ११ गते दिउँसो १२ बजे भैरहवामा सभा हुनेछ । त्यस्तै चैत १२ गते विहान ९ बजे कोहलपुरमा र दिउँसो २ बजे धनगढीमा समा हुनेछ ।

२०७३ चैत १३ गते दिउँसो २ बजे राष्ट्रिय तथा सामाजिक परिचालन समितिको बैठक बसी तेस्रो चरणको कार्यक्रम घोषणा गरिनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org