ताजा समाचार

प्रधानमन्त्री प्रचण्ड चीन जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छिट्टै चीन जाने भएका छन् । उनी आगामी चैत १० गते चीन भ्रमणमा जान लागेका हुन् । प्रचण्ड प्रधानमन्त्री बनेपछि यो पहिलो चीन भ्रमण हो ।

नेपालस्थित चिनियाँ दूताबासका अधिकारीहरुले सोमबार बिहानै प्रधानमन्त्री प्रचण्डलाई भेटेर चीन भ्रमणको मिति टुगो लगाएको बताएका थिए ।

यसअघि भारतको गोवामा सम्पन्न ब्रिक्स राष्ट्रको सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङवीच भेटवार्ता भएको थियो ।

गोवामा भएको भेटमा प्रचण्डले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गर्न आग्रह गरेका थिए । चिनियाँ राष्ट्रपतिले चाँडै नेपाल आउने बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org