ताजा समाचार

प्रधानमन्त्रीद्वारा मोर्चालाई निर्वाचनमा सहभागि हुन आह्वान

काठमाडौं १ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेशी मोर्चालाई स्थानीय तह निर्वाचनमा सहभागी हुन आह्वान गरेका छन् ।

संविधान संशोधन विधेयक पारितका लागि दिएको अल्टिमेटम सकिनै लाग्दा प्रधानमन्त्री दाहालले मधेशी जनताको भावना बुझी निर्वाचनमा सहभागी हुन मोर्चा नेतालाई आह्वान गरेका हुन् ।

ललितपुरमा स्थानीय तह कार्यान्वयनमा ल्याउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनका लागि सीमांकन हेरफेर आवश्यक नभएको वताए ।

प्रदेश सीमांकनको हेरफेरलाई प्रमुख एजेण्डा बनाएर आन्दोलनमा रहेको मधेशी मोर्चाको माग बिस्तारै सम्बोधन हुने उनको भनाई छ ।

मधेश आन्दोलनमा मारिएका परिवारलाई उचित राहत, घाईतेको उपचार र मोर्चाले उठाएको माग सम्बोधनमा आफू सधै गम्भीर रहेको बताउदै प्रधानमन्त्री दाहालले जायज माग सम्बोधनका लागि अहिलेपनि सरकार गम्भीर हरेको जानकारी दिए ।

माओवादी सशस्त्र द्वन्द्वका क्रममा मधेशमा समेत १३ सय बढीको मृत्यु भएको प्रसंग झिक्दै प्रधानमन्त्री दाहालले उनीहरुको सम्मानका लागि समेत मधेशी जनतालाई अधिकारसम्पन्न बनाउनु आफ्नो कर्तब्य भएको उल्लेख गरे।

प्रधानमन्त्री दाहालले सीमांकन हेरफेर सहित मोर्चाले उठाएका पछिल्ला माग सम्बोधन गर्दै निर्वाचनको वातावरण बनाउन सरकार लागि परेको बताए ।

स्थानीय तह कार्यान्वयनमा आएसँगै संविधान कार्यान्वयनका लागि समेत बाटो प्रशस्त भएको बताउँदै प्रधानमन्त्री दाहालले हरेक दल, कार्यकर्ता, स्थानीयबासी र सम्बन्धित सबैलाई सहयोग गर्न अपिल गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org