ताजा समाचार

प्रधानमन्त्री र मोर्चाबीच सिंहदबारमा छलफल जारी

काठमाडौं २ चैत । सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका मधेसी मोर्चाका नेताहरुलाई प्रधानमन्त्री प्रचण्डले सिंहदबारमा बोलाएका छन् । प्रधानमन्त्रीको निमन्त्रणालाई स्वीकार गर्दै आएका मोर्चाका नेताहरुबीच अहिले वार्ता जारी छ । मोर्चाको मंगलबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । साथै सचिवालयले आन्दोलनको कार्यक्रमसमेत तयार पारिसकेको छ । मोर्चाको बुधबार दिउँसो १ बजे बबरमहलमा बस्ने बैठकले आन्दोलनको कार्यक्रम तय गर्ने बताइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org