ताजा समाचार

ओबामाले एक महिना फ्रान्समा बिताउने

एएफपी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामा एक महिनाका लागि बुधबार फ्रान्स पुगेको स्थानीय टेलिभिजनले जनाएका छन् ।

स्थानीय टिभी च्यानल तहीती नुइ टेलिभिजन च्यानलका अनुसार उनले फ्रान्सको पोलिनेसियामा रहेको आरामदायक रिसोर्टमा समय बिताउने तयारी गरेका छन् ।

उनी आफ्नो परिवार विना नै पर्यटकिय टापु तहीतीमा उत्रिएका थिए । ओबामा वातावरण मैत्री ब्राण्डो रिसोर्टमा बसेका छन् । सो रिसोर्टको प्रति रातको शुल्क १२ हजार ३०० युरो रहेको छ ।

यस यात्राका क्रममा ओबामाले कुनै राजनीतिक भेटघाट नगर्ने बताएका छन् । उनले किन यस्तो एक महिने योजना बनाए भन्ने स्पष्ट हुनसकेको छैन । साथै उनका परिवारका सदस्यहरु पछि उनीसँगै आउने छन् की छैनन् भन्ने पनि यकिन भएको छैन ।

फ्रान्सको पोलिनेसिया दक्षिणी प्रशान्त महासागरमा पर्ने १०० भन्दा बढी टापु भएको क्षेत्र हो । जहाँ सन् १९९० को दशकमा फ्रान्सले आणविक परिक्षण गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org