ताजा समाचार

छिमेकी र मेधशीवादी दलबाट राष्ट्रियतामाथि प्रहार: नेता मैनाली

भक्तपुर । नेकपा मालेका महासचिव सिपी मैनालीले छिमेकी मुलक भारतबाट राष्ट्रियता र मधेशीवादी दलबाट प्रजातन्त्रमाथि निरन्तर प्रहार भइरहेको बताएका छन् । भक्तपुरको रफत सञ्चार क्लवमा भएको साक्षात्कारमा बोल्दै नेता मैनालीले नेताहरुले राष्ट्र र यसको विशिष्ट इतिहासलाई ख्याल नगर्दा प्रजातन्त्र र राष्ट्रियतामाथि निरन्तर प्रहार भइरहेको बताए ।
नेपालमा दलहरुको कमजोरीले गर्दा राष्ट्रियता गुम्दै जाने खतरा बढिरहेको बताउँदै उनले राष्ट्रियता इतिहासकै सबैभन्दा कमजोर भएको बताए । सबै राजनीतिक दलले समीक्षा गरेर राष्ट्रियताका विषयमा छलफल गर्नुपर्नेमा जोड दिर्दै उनले नेपालमा एकीकरणदेखि नै वैदेशिक हस्तक्षेप भएपनि अहिले भने राष्ट्रियता इतिहासमै कमजोर बनेको दावी गरे ।
सुगौली सन्धिदेखिको वैदेशिक हस्तक्षेप निरन्तर जारी रहेको बताउँदै उनले कञ्चरनपुरमा भारतीय सुरक्षाकर्मीबाट नेपाली नागरिकको हत्या हुनु राष्ट्रियतामाथिको ठाडो प्रहार भएको उनको आरोप छ । भारतले संविधान जारी गर्दा लगाएको नाकाबन्दी यी सबै हस्तक्षेपको नमुना भएको बताउँदै भारतीय हस्तक्षेप निरन्तर जारी रहेको उनको आरोप छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org