ताजा समाचार

राजनीतिक दलसम्बन्धी विधेयकमा सहमति जुट्यो, राष्ट्रिय दल हुन बन्यो यस्तो प्रावधान

काठमाडौं । संसदको राज्य व्यवस्था समिति अन्तरगतको उपसमितिले राजनीतिक दलसम्बन्धी विधेयकमा सहमति जुटाएको छ । राष्ट्रिय दलको मान्यता पाउन समानुपातिक तर्फ तीन प्रतिशत मत र प्रत्यक्ष तर्फ कम्तीमा एक सिट जित्नु पर्ने प्रावधानमा उपसमितिले सहमति जुटाएको हो ।

सिंहदरवारमा आज बसेको उपसमिति बैठकमा साना दलको आपत्तिका बाबजुद राजनीतिक दलसम्बन्धी विधेयक बहुमतले पारित गरेको समिति सदस्य रामकृष्ण यादवले जानकारी दिए । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, नेकपा मालेका अइन्द्रसुन्दर नेम्बाङ लगायतले भने तीन प्रतिशतको थ्रेसहोल्ड र प्रत्यक्ष तर्फको एक सिट जित्नै पर्ने प्रावधानमा असहमति जनाएका थिए । एमाले सांसद रामेश्वर फुयालकाअनुसार, उपसमितिले तयार पारेको प्रतिवेदनमा नयाँ प्रावधानले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै जनताको चाहाना पुरा गर्न कोषे ढुंगा सावित हुने उल्लेख छ ।

कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना संयोजकत्वको उपसमितिले लामो समयको छलफलपछि थ्रेसहोल्डको ब्यवस्थासहितको प्रतिवेदन तयार पारेको थियो । साना दलको आपत्तिपछि निर्णयमा पुग्न नसकेको उपसमितिले बिभिन्न दलका शीर्ष नेता, सरोकारवाला निकाय लगायतसँग छलफल गरेको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org