ताजा समाचार

अध्यक्ष ओली निवासमा एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । स्थानीय तहको निर्वाचन, पार्टीका गाउँ–नगर कमिटीहरुको समायोजन र २ नम्बर प्रदेशमा अभियान चलाउने सन्दर्भमा निर्णय लिन आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ ।

अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए । बैठकले स्थानीय चुनावको तयारीका विषयमा छलफल गरेर आवश्यक गृहकार्य अघि बढाउने प्रचार बिभाग प्रमुख एबम् केन्द्रीय कमिटीका सचिव योगेश भट्टराईले बताए ।

स्थानीय चुनावका लागि उम्मेदवार छनौटको मापदण्ड बनाउने र घोषणापत्र लगायतका कामहरुको जिम्मेवारी तोक्ने बारे बैठकमा छलफल हुनेछ । स्थानीय तहको चुनाव लागि सकेकाले उम्मेदवार चयनका लागि आवश्यक संयन्त्र गठन गरिने एमाले स्रोतले जनाएको छ ।

उम्मेदवारहरुको चयनका लागि बढी अधिकार सथानीय कमिटीहरुलाईनै दिनेगरी आवश्यक नीतिगत निर्णय हुने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ । यसपटक जसरी पनि चुनाव जित्नैपर्ने दबाबमा पार्टी रहेकाले उम्मेदवार चयनमा साबधानी अपनाइने नेताहरुले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org