कांग्रेसको केन्द्रीय समिति बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक लामो समयपछि पहिलो पटक पार्टी मुख्यालय सानेपामा सुरु भएको छ। बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले ९ बुँदे एजेन्डा पेश गरेका छन्। २९ सदस्य कार्यसम्पादन समिति गठनदेखि स्थानीय निर्वाचनको विषयमा पार्टीको धारणाबारे एजेण्डा प्रस्तुत गरेका छन्।
देउवाले बिधानको दफा २९ अनुसार पार्टीको २९ सदस्य कार्यसम्पादन समिति गठन गर्न प्रस्ताव राखेका छन्। यसमा शेखर कोइराला नपरेपछि उनले बिरोध गरेका छन्। ‘म भन्दा पछाडिकालाई माथि र मलाई तल किन राखियो। कुन आधारमा रखियो,’ १३औं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएका कोइरालाले प्रश्न गरेका छन्।
यस्तै २ नम्बर एजेण्डामा दफा ३७ अनुसार केन्द्रीय विभागलाई ४२ बनाउने विषयमा छलफल गर्नुपर्ने भन्दै प्रस्तुत भएको छ। यस्तै स्थानिय तहको निर्वाचनको पार्टी घोषणापत्र बनाउनका लागि पार्टीले तयारी समिति बनाउने विषयमा छलफल गर्नुपर्ने एजेन्डा पेश गरेका छन्।
निर्वाचन परिचालन समिति गठन, नवगठित गाउँपालिका र नगरपालिकामा पार्टीको नयाँ सांगठनिक संरचना बनाउने विषयमा पनि छलफल केन्द्रीत हुने भएको छ। यस्तै पार्टीले स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार छान्न केन्द्रीय समिति गठन गर्ने भएको छ।
यस्तै जिल्लामा खटाइएका समितिको प्रतिवेदन पेश गर्ने र सदस्यताबारे छानबिन समितिको प्रतिवेदन प्रस्तुत गर्ने पनि एजेन्डामा परेको छ।
Comments
अरु समाचार
-
सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै
काठमाडौं । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले बुधबार...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाइएको...
-
बर्खे अधिवेशनअघि प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासित सभामुखको छलफल
काठमाडाैँ । सभामुख देवराज घिमिरले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् । उनले आज बिहान साढे ११...
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...