ताजा समाचार

‘कसमै तोडी जानेलाई के भन्नु र खै…’ गीति एल्वम बजारमा {भिडियोसहित}

काठमाडौं । नेपाली संगीत क्षेत्रमा थुप्रै कलाकारहरु छन् । तर, सबै स्थापीत पक्कै छैनन् । आवरणलाई मात्र हेरेर आउनेहरु खहरे खोला जस्तै आउँछन्, जान्छन् । साधना गर्नेहरु टिकिरहन्छन् । यस्तै संगीत जीवनका ल लागि साधना मेरुदण्ड हो । साधनाविना संगीत जीवनको कल्पना समेत गर्न नसकिने बताउँदै गायिका सीमा शाहले आफ्नो जीवनको अनुभूति सुनाएकी छन् ।

२०६० सालमा “कसरी बोलाउँ मायालु तिमिलाई…” भन्दै संगीत यात्रा आरम्भ गरेकी उनले अर्को गीतलाई झण्डै सात वर्षसम्म बोलाउन सकिनन्,कारण थियो साधना । आफ्नो व्यक्तिगत केहि समस्याका कारण रहँदा उनले साधना गर्न पाईनन् अनि गीतहरु पनि रेकर्ड हुन सकेनन् ।

रत्नबहादुर खड्गीको संगीत र राम भट्टराईका शब्दहरुमा २०६० सालमा पहिलो पटक आवाज भरेकी शाहले फेरि संगीत साधनालाई निरन्तरता दिदैं २०६८ सालमा “सीमा” नामको एल्बम बजारमा ल्याईन । त्यसपछि उनलाई पछि फर्केर हेर्नुपरेको छैन ।

बिभिन्न सांगीतिक कार्यक्रम,मेला३महोत्सवमा उनको माग बढ्दो छ । अहिले शाह निरन्तर साधना गर्छिन् र संगीतको औपचारिक शिक्षा पनि लिईरहेकि छिन् । तारा देवी र आशा भोश्लेको आवाजबाट प्रभावित भएर यो क्षत्रमा लागेको उनलाई सफल गायिका बनेर स्थापित हुने ठूलो ईच्छा छ । पहिलो एल्बमपछि दुई दर्जन फुटकर गीतहरुमा आवाज भरेकी शीमाले यो वर्ष ” सीमा २” लीएर बजारमा आएकि छिन्।

एल्बममा सातवटा गीत समावेस गरिएको छ । जसमा फूल हुँ म डाली डाली,मेरो हर श्वासमा,कसमै तोडी जानेलाई,भुलुँ कसरी,किन जुधे आँखा भन्थें,अल्झिंदा एकैछिन् बोलका गीतहरु समावेस गरिएको छ । सन्तोष पोख्रेल,सारिका घिमिरे,समीर राई,शंकर श्रेष्ठ,लय संग्रौला,अशोक महर्जन,ललित कुवँर लगायतका सर्जकहरुको शब्द रहेको एल्बममा बिक्रम थापा, करनराज कार्की,शंकर श्रष्ठ,अशोक महर्जन,राम थापा र रत्नबहादुर खड्गीले संगीत भरेका छन् । पछिल्लो समय एल्बमको भिडियोले राम्रो चर्चा बटुलीरहेको छ ।

भिडियो हेर्नुहोस् 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org