ताजा समाचार

एमाले अध्यक्ष ओली र भारतीय राजदूत पुरीबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत मन्जिब सिंह पुरीबीच शिष्टाचार भेटवार्ता भएको छ । एमाले संसदीय दलको कार्यालयमा सोमबार भएको भेटवार्तामा दुई देशको सम्बन्ध र नेपालको आसन्न स्थानीय निर्वाचनको विषयमा छलफल भएको एमाले सचिवालयले जनाएको छ ।
शनिबार नेपाल आएका पुरीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएका थिए । भेटवार्तामा ओलीले पुरीको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org