ताजा समाचार

स्थानीय तहमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन महिला संघको माग

काठमाडौं । नेपाली कांग्रेसका महिला नेतृहरुले स्थानीय तहको निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन पार्टी नेतृत्वलाई दबाव दिन सुरु गरेका छन् ।

कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघका पदाधिकारीहरुले सोमबार बिहान पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचनमा ३३ प्रतिशत महिलालाई उम्मेदवार बनाउन दबाव दिएका हुन् ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भएको भेटमा महिला नेतृहरुले स्थानीय तहमा महिलाहरुको ३३ प्रतिशत उम्मेदवारी दिने व्यवस्था संविधानमै गराउन पनि पार्टीले अगुवाई गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

नेपाल महिला संघका पदाधिकारीले उम्मेदवारी चयन गर्ने निकायमा आफूहरुको प्रतिनिधित्व अनिवार्य गराउन पनि माग गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org