ताजा समाचार

पार्टी विरोधी गतिविधिमा संलग्नलाई नयाँ शक्तिले निकाल्यो

काठमाडौं । नयाँ शक्तिले पार्टी विरोधी गतिविधिमा संलग्न रहेको भन्दै ४ जना नेतालाई निस्काशन गरेको छ । सो पार्टीको विशेष राजनीतिक समितिले केन्द्रीय परिषद सदस्यहरु निर्मल भट्टराई, चन्द्रदेव ओझा, हरिराम रिमाल र मोहन बमलाई साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो । पार्टी हित र स्वीकृत मुल्य मान्यता विपरित गतिविधिमा निरन्तर संलग्न भएको, पार्टीले सोधेको स्पष्टीकरण दिन समेत इन्कार गरेकाले निस्काशनको निर्णय गर्नुपरेको प्रवक्ता देवकोटाको भनाई छ । कारवाही गरिएका नेताहरुले पार्टी संयोजक डा. बाबुराम भट्टराईको सार्वजनिक रुपमा निरन्तर आलोचना गर्दै आइरहेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org