अधिकांश जिल्लामा राप्रपाको विस्तारित बैठक सम्पन्न
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका करिब ६० जिल्लामा विस्तारित बैठक सम्पन्न गरेको छ ।
पार्टीको सङ्गठन सुदृढीकरणका लागि देशैभर गर्ने उद्देश्यले यही चैतको ७ गतेदेखि सम्बन्धित जिल्ला कार्य समितिले आफ्नो अनकुलतामा वैठक सुरु गरेको हो ।
तीन दिनभित्र देशैभर सम्पन्न गर्ने योजना राखिएको भएपनि पछिल्लो समय निर्वाचन आयोगले पार्टीको विधानबाट संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र हटाउनका लागि निर्णय गरेपछि विस्तारित बैठक समेत प्रभावित भएको हो ।
देशैभर निर्वाचन आयोगका कार्यालयमा विरोध प्रदर्शनका कार्यक्रममा तथा सो विषयमा स्थानीय जनतालाई सूचना र सन्देश प्रवाहका आवश्यक गृहकार्य गर्न परेकाले पनि केही जिल्लामा बैठक हुन बाँकी रहेको बताइएको छ ।
पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार नयाँ संरचनाअनुसार वडा, गाउँ र नगरका विभिन्न एकाइलाई समायोजन गर्ने क्षेत्राधिकार सो बैठकलाई दिइएको थियो ।
आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि स्थानीय जनतासँग समन्वय र सहकार्य गर्नका लागि रणनीतिक योजना निर्माण गर्ने विषयमा पनि बैठकमा छलफल गरिएको छ ।
निर्वाचनका लागि उम्मेदवार बन्नका लागि चाहिने मापदण्ड तथा पार्टीका नेता र कार्यकर्ताले स्थानीय तहमा पारेको प्रभावका आधारमा पनि मूल्याङ्कन गरिनेछ ।
जनताका माझमा पार्टीलाई कसरी पु¥याउन सकिन्छ ? आगामी निर्वाचनमा पार्टीलाई विजय निश्चित गराउन विस्तारित बैठकअन्तर्गत केही जिल्लामा कार्यकर्ता भेला समेत गराइएको थियो ।
बाँकी रहेका १५ जिल्लामा एक साताभित्र बैठक सम्पन्न गरिने बताइएको छ ।
Comments
अरु समाचार
-
प्रमुख विपक्षीदलको वेल घेराउबीच प्रधानमन्त्रीलाई विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको...
-
कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव...
-
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा राजेन्द्र अधिकारी नियुक्त
काठमाडौं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र अधिकारी नियुक्त भएका छन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले...
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...