ताजा समाचार

युसुफको ‘तिम्रो नयन’मा अनु शाह र समिमको रोमान्स (भिडियोसहित)

काठमाडौं । पछिल्लो समय कतारलाई प्याटफर्म बनाएर नेपाली सांगीतिक आकाशमा चम्कने कलाकारहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । यसैक्रममा उदाएका गायक हुन युसुफ खान । मेलिडियस स्वरको धनी युसुफको जादुमाय आवाजको कारण कतारमा दर्जनौ कार्यक्रममा आफ्नो प्रस्तुती दिएर हजारौलाई मोहित बनाईसकेका छन । यिनै गायकको साङगीतिक यात्राको पहिलो कोसेलीस्वरुप नयाँ गीत सार्वजनिक भएको छ । ‘युसुफ’ नामक एल्बममा समेटिएको ‘तिम्रो नयन’ बोलको भिडियोलाई ‘आर्टिस्ट नेपाल ’ले सार्वजनिक गरेको हो ।


यस आधुनिक गीतमा स्वर र शब्द रचना युसुफ खान आफैले गरेका छन् भने कल्याण सिंहले संगीत भरेका छन् । राजाधानीको डोरेमी स्टुडियोमा प्रदिप जोशीले यस् गीतको संगीत संयोजन गरेका छन् । यस्तै म्युजिक भिडियोमा अमृत सुनुवारको छायाँकनमा माधव बेल्बासेको सम्पादन रहेको छ । गीतलाई संचारकर्मी तथा संचारकर्मी नव ढुंगेलले निर्देशन गरेका हुन् ।
यसै म्युजिक भिडियोमा मोडलिंग क्षेत्रमा डेब्यु गरेका समिम खानलाई मोडल तथा नायिका अनु शाहले साथ दिएकी छिन् । जे एस कृयसन हाउसको ब्युटिफुल वार्डड्रबमा तथा नन्दा अधिकारीको मेकअपमा दुबै आर्टिस्टहरु आकर्शक देखिएका छन । धादिङको रमणीयस्थल बेनिघाट बिगफिगमा छायांकन भएको भिडियोमा दुवै मोडलको आकर्षण प्रस्तुती देख्न सकिन्छ । वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहने गायकले आफू जहाँ भएपनी अब निरन्तर संगीतमा रमाउने वताए ।

 

 

भिडियो हेर्नुस् । 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org