नगरपालिका र गाउँपालिकाको नेतृत्व लिन दौडधुप सुरु
बनेपा । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नगरपालिका र गाउँपालिकामा नेतृत्व लिन चाहनेहरुको दौडधुप सुरु भएको छ ।
राजनीतिक दल आन्तरिक बैठक, भेला तथा प्रशिक्षणमा व्यस्त रहेका बेला स्थानीय तहको निर्वाचनका लागि स्थानीय नेताले आन्तरिक लविङसमेत सुरु गरेका छन् । पार्टीका बैठक, भेला र प्रशिक्षण जारी रहेकाले राजनीतिक दलले भने सम्भावित उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन् ।
बीस वर्षको रिक्ततापछि राज्यको पुनःसंरचनाअनुसार पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचनका लागि गाउँगाउँमा उत्साहसमेत थपिएको छ ।
नेकपा एमाले काभ्रेपलाञ्चोकका अध्यक्ष टोकबहादुर वाइवाले पार्टी कमिटिमा उम्मेदवारको विषयमा सर्कुलर नआएकाले उम्मेदवारको टुङ्गो लगाउन अझै केहि समय लाग्ने बताउनुभयो ।
नेकपा (माओवादी) केन्द्रका अध्यक्ष दिनानाथ गौतमले पार्टीको काम नै नसकिएकोले उम्मेदवारको घोषणा गर्न अझै केही समय लाग्ने बताउनुभयो ।
नेपाली काँग्रेसका उपसभापति अच्युत पौडेलले पार्टी केन्द्रीय कार्यालयबाट कुनै परिपत्र नआएकाले यस सम्बन्धी मापदण्ड बनेपछि मात्रै उम्मेदवारको टुङ्गो लाग्ने बताउनुभयो ।
नयाँ संरचनाअनुसार काभ्रेपलाञ्चोकमा ६ नगरपालिका र सात गाउँपालिका छन् । जिल्लाका दुई लाख ३७ हजार मतदाताले १८९ मतदानस्थलबाट मतदान गर्नेछन् ।
जिल्लामा यसपटक चार मतदानस्थल र २९ हजार नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय, धुलिखेलले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकरप्रसाद पोखरेलले काभ्रेपलाञ्चोकमा विभिन्न पदका सात सय ३३ जनप्रतिनिधि निर्वाचित हुने छन् ।
पुनःसंरचनाअनुसार बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, नमोबुद्ध नगरपालिका छन् । त्यसैगरी रोशी गाउँपालिका, खानीखोला गाउँपालिका, चौरी देउराली गाउँपालिका, तेमाल गाउँपालिका, बेथानचोक गाउँपालिका, भुम्लु गाउँपालिका र महाभारत गाउँपालिकासहित सात गाउँपालिका यहाँ छन् । रासस
Comments
अरु समाचार
-
प्रमुख विपक्षीदलको वेल घेराउबीच प्रधानमन्त्रीलाई विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको...
-
कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव...
-
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा राजेन्द्र अधिकारी नियुक्त
काठमाडौं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र अधिकारी नियुक्त भएका छन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले...
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...