ताजा समाचार

बाबुरामले विदेशीको इसारामा निर्वाचनको विरोध गरेको आरोप

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बिदेशीको इसारामा स्थानीय तहको निर्वाचनको विरोध गर्दै मधेशवादी दलहरुको लाइनमा गएर अन्तत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल पार्टीसँगको सहकार्य गर्ने भएपछि आफुहरूले त्यसको विरोध गर्दा पार्टीले निष्कासन गरेको बताएका छन्।

रफत सञ्चार क्लबमा पत्रकार सम्मेलन गर्दै समान्नान्तर राष्ट्रिय भेला आयोजक समितिका संयोजक निर्मल भट्टराईले बाबुरामको मधेशी मोर्चाका एजेण्डा बोक्ने र जातीय क्षेत्रिय राज्यलाई पहिलो प्राथामिकता दिँदै भारतसँग नझुकी नेपालमा केही गर्न नसक्ने कार्यशैलीको आफूहरुले गरेको विरोधकै कारण नयाँ शक्तिबाट निकालिएको बताए।

उनले नयाँ शक्तिको समानान्तर राष्ट्रिय भेला भोलि भक्तपुरमा आयोजना गर्न लागेको बताए। उनले राष्ट्रिय भेलामा नयाँ शक्ति परित्याग गरेका ५२ जिल्लाका झन्डै एक हजार प्रतिनिधि आउने दाबी गरे। उनले आगामी वैशाख ३१ गते हुन लागेको निर्वाचनमा आफूहरुले भाग लिने जानकारी समेत दिए।

सो सम्मेलनमा नयाँ शक्ति केन्द्रीय परिषदका सदस्यहरु सहदेव न्यौपाने, अशोक ढुंगेल, मुनिन्द्र बस्नेत र राम राज मंगरातीले पार्टीको सामान्य सदस्य समेत नरहने गरि पार्टी परित्यागको घोषणा गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org