ताजा समाचार

नवगायिका प्रतिक्षा गुरुङ्गको पहिलो गीति संग्रह ‘प्रतिक्षा’ विमोचित

काठमाडौं । नवगायिका प्रतिक्षा गुरुङ्गको पहिलो संग्रह ‘प्रतिक्षा’ को विमोचन गरिएको छ । उक्त एल्वमको विमोचन गुरुङ्ग कल्याणकारी समाजका अध्यक्ष टेक बहादुर गुरुङ्ग, बरिष्ठ गीतकार तथा लेखक डा. कृष्ण हरि बराल, वरिष्ठ गायिका कुन्ति मोक्तान, चर्चित गायिका रिमा गुरुङ्ग होडा,संगीतकार गैरे सुरेश, गीतकार दिप घतानीले संयुक्त रुपमा गरेका हुन् ।  पेशाले नर्स र समाजसेवी प्रतिक्षाको विगत नौ वर्ष देखिको साधनाको पहिलो कोशेली एल्बम ‘प्रतिक्षा’ ल्याएकी हुन् । उक्त एल्बममा छ वटा गीत समावेश गरिएको छ । जसमा शब्द डा.कृष्ण हरि बरालको र दीप घतनीकोरहेको छ भने संगीत गैरे सुरेशकोे रहेको छ । यस एल्बमको सबै गीतको संगीत संयोजन सुमन क्षेत्रीले गरेका हुन् । यस एल्बमको छ वटा गीत मध्ये दुई वटा म्यूजिक भिडियो बनेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org