ताजा समाचार

नयाँ भारतीय राजदूतको यस्तो चाला !

काठमाडौँ । भारतीय राजदूत मन्जिभ सिंह पुरीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु अघि नै काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको खुलासा भएको छ ।

शनिबार काठमाडौँ आइपुगेका भारतीय राजदूत पुरीले सोमबार एमाले अध्यक्ष ओलीलाई एमाले संसदीय दलको कार्यालयमा भेट गरेका थिए । भेटलाई पहिलो राजनीतिक भेटका रुपमा ब्याख्या गरिएको थियो । ओलीसँगको भेटमा संचारमाध्यमलाई समेत बोलाइएको थियो । तर, ओलीलाई भेट्नुअघि नै राजदूत पुरीले काँग्रेस सभापतिसँग ‘डिनर’ भेटवार्ता गरेको खुलासा भएको हो । देउवासँगको भेटवार्तालाई भने अहिलेसम्म पनि गोप्य राखिएको छ ।

राजदूत पुरीले अघिल्लो दिनको राति  नै देउवासँग उनले गोप्य भेटवार्ता गरेका हुन् । आइतबार साँझ भएको भेटवार्ता डिनरसहित थियो ।

स्रोतका अनुसार, भारतीय राजदूतले भेटका लागि देउवासँग आइतबार दिउँसो दुई बजेको समय मागेका थिए । तर, देउवा दिनभर काँग्रेस केन्द्रीय समितिको बैठकमा भएका कारण भेट सम्भव भएन । आइतबार काँग्रेसको बैठक सकिनासाथ देउवाले भारतीय राजदूतलाई आफ्नै निवासमा निम्ता दिएका हुन् । उनले राजदूत पुरीलाई आफ्नो निवासमा भव्य स्वागत गरे । तर, भेटवार्ता बारे न त भारतीय दूतावासले सार्वजनिक गर्यो, न त देउवाको सचिवालयले नै कसैलाई जानकारी दिइयो । यतिसम्म कि देउवाको निजी सचिवालयले समेत भेटवार्ताको बारेमा जानकारी दिन चाहेन ।

पहिलो भेट ओलीसँग भएको खबर बाहिर आएपछि मात्र भारतीय दूतावास बोलेको हो । भारतीय दुतावासकी प्रवक्ता रुवी जयप्रीत शर्माले देउवासँग राजदूत पुरीले निवासमै पुगेर भेटवार्ता गरेको पुष्टि गरेकी हुन् । देउवा र भारतीय राजदूत पुरी पुराना मित्र समेत रहेको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org