ताजा समाचार

प्रधानमन्त्री दाहाल र निर्वाचन आयोग पदाधिकारीबीच छलफल हुँदै

काठमाडौं । चीन भ्रमणबाट फर्किए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगका पदाधिकारीहरुसँग भेटर्वार्ता गर्न लागेका छन् ।
स्थानीय तहको निर्वाचनको तयारी र आयोगका काम कारबाहीका बिषयमा प्रधानमन्त्री दाहालले प्रमुख निर्वाचन आयुक्त लगायत आयोग पदाधिकारीसंग छलफल गर्न लागेका हुन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपरान्ह ४ बजे हुने भेटमा निर्वाचन आयोगले आफ्नो तयारी र काम कारबाहीमा भएको समस्याका बिषयमा प्रधानमन्त्रीलाई जानकारी गराउनेछ ।

बिभिन्न समस्याका कारण ८ जिल्लाले मतदान सिफारिस नगर्दा आयोगले मतदान केन्द्र निर्धारण गर्न सकेको छैन । आयुक्त नरेन्द्र दाहालले तराईका केही जिल्लामा समस्याका कारण मतदान केन्द्र निर्धारण गर्न ढिलाई भईरहेको बिषयमा प्रधानमन्त्री दाहालसंग छलफल गरिने जानकारी दिए ।

बैशाख ३१ गतेका लागि तय भएको स्थानीय निर्वाचनको तयारीमा युद्ध स्तरमा जुटेको आयोगले अहिले सम्म भएको कामकारबाहिका बिषयमा प्रधानमन्त्री दाहाललाई जानकारी गराउनेछ । साता व्यापी चीन भ्रमणबाट फर्किए लगत्तै प्रधानमन्त्री दाहालले निर्वाचनको बिषयमा आशंका गर्न छाडेर मधेशी मोर्चालाई सहमतीमा ल्याउन आफुले निर्णायक पहल गर्ने बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org