ताजा समाचार

स्थानीय निर्वाचनमा माओवादी केन्द्र पहिलो हुने नेता वादलको दाबी

सुर्खेत । नेकपा माओवादी केन्द्रले प्रदेश नं ६ मा पार्टी कार्यालय खोलेको छ । कार्यालयको उद्घाटन गर्दै केन्द्रका नेता रामबहादुर थापा वादलले निर्वाचन लगायतका विषयमा केन्द्रित हुन कार्यालयको महत्वपूर्ण भूमिका रहने भएकाले माओवादीले ६ नम्बर प्रदेशमा कार्यालय स्थापना गरिएको वताए ।

नेता वादलले माओवादीले प्राप्त गरेको उपलब्धिको रक्षा गर्दै स्थानीय तहको निर्वाचनमा एक ढिक्का भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए सके जनताको घरै दलौमै पुगेर र सम्भव नभएका विभिन्न ठाउँमा विभिन्न प्रविधिको माध्यमबाट जनता सामु माओवादी केन्द्र पुग्ने र पुग्नुपर्नेमा बादलको जोड थियो ।

वैशाख हुन लागेको स्थानीय निर्वाचनमा प्रदेश नं ६ मा माओवादी केन्द्र पहिलो हुन सक्ने स्ववियु निर्वाचनले संकेत देखाएकोले स्थानिय तहको निर्वाचनमा पनि अब प्रदेश नं ६ मा माओवादी केन्द्र पहिलो हुने थापाले बताए । बहुमत स्थानीय तहमा माओवादी केन्द्र एक्लै लडेर जितिने भन्दै जित्न बहुमत नपुगेको क्षेत्रमा सहकार्यका माध्यामबाट पनि जित्ने निति रहेको वातालले वताए ।

सोहि कार्यक्रममा विप्लबका भेरी कर्णाली ब्युरो सदस्य कटक परियार, जिल्ला कमिटी सदस्य चरित्र बिसी,पर्यटन व्यवसायी ज्ञानेन्द्र गौतम समुद्र लगायत वीरेन्द्रनरका ९६ जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेको छन ।

प्रवेश गरेकाहरुलाई संगठनका विभाग प्रमुख राम बहादुर थापा बादलले पार्टिमा स्वागत गरेका थिए । कार्यक्रममा पूर्व गृहमन्त्री तथा प्रदेश नं ६ का इन्र्चाज शक्तिबहादुर बस्नेत, संयोजक मायाप्रसाद आचार्य लगाएतको सहभागिता रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org