ताजा समाचार

नगर प्रमुखमा काँग्रेस युवा नेताको चर्चा

विदुर । नुवाकोट जिल्लाको बेल्कोटगढी नगरपालिका प्रमुख दलहरुबीच कसलाई उम्मेद्वार बनाउने भन्ने विषयमा बहस सुरु भएको छ ।

करिब ४० हजार जनसंख्या भएको बेल्कोटगढीमा नेपाली कांग्रेसबाट आधादर्जनको नाम चर्चा आएको छ । कांग्रेसबाट प्रताप लामा शुकदेव दाहाल, शिव दाहाल, शिव देवकोटा,जयराम दाहाल, भुविन्द्र बानियाँ, यादव नेपाल, बैकुण्ठ पाण्डे, इन्द्र लामा लगायतको चर्चा रहेको छ ।

कांग्रेसमा लामो समयदेखि राजनीति गरिरहेका र युवाहरुकाबीच लोकप्रिय रहेका कांग्रेसका पूर्व क्षेत्रीय सदस्य तथा दुईपिपलका युवा व्यक्तित्व शुकदेव दाहाल पछिल्लो समय युवाहरुकाबीच लोकप्रिय बन्दै गएको कांग्रेसका एक नेताले बताए ।

दाहालसहित नेविसंघ केन्द्रीय सदस्य रहेका जयराम दाहाल लगायतका युवाहरुमध्येबाट उम्मेदवार बनाउनु पर्ने भन्दै युवाहरुले दवाव बढ्दो रहेको कांग्रेस निकट स्रोतले जनाएको छ । यस्तै एमालेबाट सुदर्शन नेपाल, बासु कडवाल, राजेन्द्ररमणखनाललको चर्चा रहेको छ ।

यस्तै माओवादीबाट जगत लामा, रामप्रसाद ढुंगाना र ठाकुर पुडासैनीको चर्चा रहेको छ भने राप्रपाबाट जयबहादुर लामाको चर्चा रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org