ताजा समाचार

संविधान संशोधन नभएसम्म मधेशी मोर्चाले निर्वाचनमा भाग नलिने

काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता वृषेशचन्द्र लालले मधेशी मोर्चाले संविधान संशोधन नभएसम्म निर्वाचनमा भागलिनेबारे हालसम्म सरकारसँग कुनैपनि सहमति नभएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, “ मधेसी, जनजाति, मुस्लीम लगायतका माग समावेश गरेर संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने भएकाले फास्ट ट्र्याकमा संविधान संशोधन गर्नुपर्छ । ”

नेकपा एमालेका नेता वङ्शीधर मिश्रले सीमाङ्कनलाई थाती राखेर संविधान संशोधन प्रस्ताव अधि बढाइए पारित गर्न एमाले तयार रहेको वताए । उनले चुनावको मिति सार्ने कल्पना पनि गर्न नहुने पनि वताए ।
त्यस्तै राप्रपाका नेता पशुपति शम्शेर राणाले सकेसम्म मधेसी मोर्चालाई समावेश गरी निर्वाचन गर्नुपर्ने बताउँदै नभए दुई चरणमा निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले तराईका जनताको माग सम्बोधन हुनेगरी संविधान संशोधान गर्नुपर्नेमा जोड दिएका थिए । प्रधानमन्त्रीका सल्लाहकार चक्रपाणि चालिसेले वैशाख ३१ को चुनाव नरोकिने बताउँदै थपिएका निर्वाचन क्षेत्रमा दोस्रो चरणमा चुनाव गर्ने तयारी भइरहेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org