ताजा समाचार

बाबुरामलाई झट्काः सहसंयोजकसहित ३० जना गच्छदारको पार्टीमा

काठमाडौं । डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपाल पार्टीका सहसंयोजक महेश कर्मोचासहित ३० जना केन्द्रीय परिषद् सदस्यले पार्टी परित्याग गरेका छन् ।

उनीहरु विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन् । फोरमको केन्द्रीय कार्यालय तीनकुनेमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष गच्छदारले उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन् ।

कर्मोचालाई गत असारमा नयाँ शक्तिले सह संयोजक बनाएको थियो । त्यसबेला सहसंयोजक तोक्ने विषयमा पार्टी भित्र विवाद भएको थियो । उनी काँग्रेसबाट नयाँ शक्तिमा आएका थिए ।

पार्टी प्रवेश गर्नेमा कर्मोचासहित सचिवालय सदस्य देव लिम्बु र सीता श्रेष्ठ, केन्द्रीय परिषद् सदस्य रामेश्वर ढकाल, केदार शाक्य लालबहादुर अर्याल लगायत रहेका छन् ।

यसअघि नयाँ शक्ति नेपाल केन्द्रीय परिषद्का कार्यकारी सदस्य मुमाराम खनाल, आर्थिक नीति विभाग प्रमुख पूर्व अर्थ सचिव रामेश्वर खनालले पार्टी छाडिसकेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org