ताजा समाचार

तालीवानी बन्दुकधारी समूहको आक्रमणमा परी १५० सैनिकको मृत्यु

काबुल । अफगानिस्तानको उत्तरी शहर मजार ए शरिफमा तालिबानी बन्दुकधारी समूहले १ सय भन्दा बढी सैनिकको हत्या गरेको अफगानीस्तानको रक्षा मन्त्रालयले शनिबार जनाएको छ ।

विद्रोहीहरुले त्यहाँको एक सैन्य अखडामा रहेको मस्जिदमा शुक्रबारको साप्ताहिक प्रार्थना सकेर फर्किरहेका सैनिकहरु र चमेना गृहमा खाजा खादैं गरेका अन्य सैनिकहरुलाई निसाना बनाई आक्रमण गरेको मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

एक उच्च सैनिक अधिकारीले आक्रमणमा परी १५० जना सैनिकको मृत्यु भएको र अन्य दर्जनौ घाईते भएको एएफपीलाई बताएका छन् ।

सैन्य शिविरको सुरक्षा घेरा तोडेर तालेबानी आक्रमणकारीले आत्मघाति विस्फोट गरेका थिए
मजार ए शरिफमा अफगान राष्ट्रिय सेनाको २०९ औँ पल्टन बस्ने गरेको छ । अफगानिस्तानको पश्चिमी क्षेत्रमा समर्थन पाएको सरकारले तालीबान र अन्य विद्रोही समूहसँग लडाइँ गरिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org