पुल नहुँदा दुई जिल्लाका बासिन्दालाई सास्ती
बेनी (म्याग्दी), ११ वैशाख । म्याग्दी र बागलुङ जिल्लाको सिमाना भएर बग्ने ठूलो खोलामा पुल नहुँदा खोला वारीपारीका लागि दुवै जिल्लाका बासिन्दा समस्यामा परेका छन् ।
म्याग्दीको बेनी नगरपालिका–२ र बागलुङको मालिका पञ्चासेको सिमाना भएर बग्ने ठूलोखोलामा पुल नहुँदा दुवै जिल्लाका बासिन्दा समस्यामा परेका हुन् ।
हिउँदमा कुनै समस्या नभए पनि वर्षामा खोलो वारपार गर्न नसक्दा समस्या हुने गरेको बेनी नगरपालिका–२ का दिलबहादुर थापाले बताउनुभयो ।
पुल नहुँदा म्याग्दीका विमिराबोट, तमाने, गौश्वारा, भकुण्डे, अर्जम र बागलुङ जिल्लाका मालिका, पञ्चासे, खर्कलगायतका गाउँका सयौँ मानिसले सास्ती व्यहोर्नुपरेको थापाले जानकारी दिनुभयो ।
समस्याका बारेमा दुवै जिल्लाका बासिन्दाले आआफ्नो गाविस, नगरपालिका तथा जिल्लामा समेत जानकारी गराई पुल निर्माणका लागि अनुरोध गरेका भए पनि कुनै निकायले पनि ध्यान नदिएको स्थानीय बासिन्दाको गुनासो रहेको छ । रासस
Comments
अरु समाचार
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
मादी नदीमा धमाधम पुल निर्माण हुँदै
काठमाडौं । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।सवारी साधन...
-
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । गएराति...
-
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित...
-
धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको जलेर मृत्यु भएको छ ।गएराति ७० वर्षीय...
-
सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका...
-
चार दिनदेखि बन्द पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विगत चार दिनदेखि रोकिएका उडान...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
गृह मन्त्रालयले गर्यो सशस्त्र प्रहरीका १६ डिआइजी र १८ एसएसपीको सरुवा
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १६ जना डिआइजी र १८ एसएसपीको सरुवा गरेको छ । सरुवामा विभिन्न कार्यालयका प्रमुख...