ताजा समाचार

बाढीले पाइप बगाउँदा खानेपानीको हाहाकार

वैशाख ,१३ म्याग्दी । जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरमा खानेपानीको हाहाकार भएको छ । आइतबार परेको वर्षापछि ठूलोखोलामा आएको बाढीले सिँचाइ नहर र पाइप बगाएपछि रत्नेचौरमा सिँचाइ र खानेपानीको अभाव भएको हो ।

रत्नेचौरकोे लामाचौर भन्ने ठाउँमा ६० मिटर खानेपानीको पाइप र सिँचाइ आयोजनाको नहर बगाएको थियो । खानेपानी आपूर्ति बन्द हुँदा रत्नेचौरका तीनसय ५० घरधुरीलाई खानेपानीको अभाव भएको स्थानीय बासिन्दा चिरञ्जीवी बोगटीले बताए ।

खानेपानी अभाव भएपछि खानेपानी जोहो गर्न खोल्साखाल्सी चहार्दै टाढा टाढा पुग्नु परेको छ । उक्त खानेपानी मर्मतका लागि जिल्ला समन्वय समितिले सोमबार एकसय मिटर पाइप उपलब्ध गराएको छ । उक्त पाइप स्थानीयवासीबाट श्रमदान गरेर खानेपानी आपूर्तिलाई सहज गरिने बोगटीले जानकारी दिए ।
रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org