रेडियो स्टेसन लक्षित आक्रमणमा ५० जना मारिए
दमास्कस, १३ वैशाख । टर्कीका सेनाको सुरक्षा कारबाही तथा हवाई आक्रमणमा परी कुर्दिसमा मङ्गलबार कम्तीमा ५० जनाको मृत्यु भएको छ । इराक र सिरियाको सीमा क्षेत्रमा पर्ने कुर्दिसमा रहेको रेडियोको स्टेसनलाई लक्षित गरी आक्रमण भएको अनुगमनकर्ताहरुले बताएका छन् ।
सिरियातर्फको हासाकाह प्रदेशमा पर्ने ग्रामीण क्षेत्रमा २२ जना मारिएको अधिकारीहरुले जनाएका छन् । इराकतर्फको सिन्जार क्षेत्रबाट २८ जनाको ज्यान गएको सिरियन अब्जरभेटरी फर ह्युमन राइटले जनाएको छ ।
बेलायतमा रहेको अनुगमनकर्ताहरुको सो संस्थाले अरु २६ जना घाइते र बेपत्ता भएकाले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने बताएको छ। कुर्दहरुसँगको टर्कीको सत्रुताका कारण कुर्द क्षेत्रमा हिंसात्मक घटना भइरहेको छ । टर्कीको सीमा क्षेत्रमा पर्ने सिरियाको उत्तरी क्षेत्रमा पनि कुर्दहरुलाई उपस्थितिमा निकै कडाइ गरिएको छ ।
अमेरिकाले भने टर्कीको तर्फबाट भइरहेको सुरक्षा कारबाहीमा चासो व्यक्त गरेको छ । टर्कीले आतङ्कवादविरुद्धको गठबन्धनसँग कुनै सहकार्य नगरेको अमेरिकाको टिप्पणी छ । रासस÷सिन्ह्वा
Comments
अरु समाचार
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...
-
बङ्गलादेशी सेनालाई आन्तरिक सुरक्षाका लागि विस्तारित अधिकार प्रदान
काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले मङ्गलबार सेनालाई ’म्याजिस्टेरियल’ शक्ति प्रदान गर्ने आदेश जारी गरेको छ । यस निर्देशनले सशस्त्र सेनालाई...
-
जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने
काठमाडौं । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक...
-
नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित
काठमाडौं । उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका र उनीहरूका लागि खाद्य, पिउने पानी, सरसफाइजस्ता प्राथमिक सहायताको आवश्यकता...
-
जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च
काठमाडौं । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार...
-
काठमाडौंका खोलाहरुमा राति आएको बाढी कम, आज पनि केही ठाउँमा वर्षा हुने
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेपछि बाग्मती, विष्णुमती र धोबीखोलामा बाढी आएको छ । दायाँबायाँका सडकसम्मै पुगेको...
-
हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु
काठमाडौं । दक्षिण–पश्चिम हाइटीमा शनिबार एउटा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मिरागोएनमा भएको विस्फोटमा...
-
आप नेता केजरीवालले पदबाट राजीनामा दिने
काठमाडौं । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने आइतबार घोषणा...