ताजा समाचार

भेनेजुएलाको कारागारमा १२ जनाको मृत्य

कराकस । भेनेजुएलाको एउटा कारागारमा भएको हिंसाका क्रममा मङ्गलबार १२ जनाको मृत्यु भएको छ भने, अन्य ११ जना घाइते भएका छन् ।पूर्वीप्रदेश अन्जोआटेगुईमा रहेको जेसो अन्टोनीओ अन्जोअटेगुई कारागारबाट भाग्नेक्रममा भएको झडपमा परी उनीहरुको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले बुधबार जनाएका छन् ।

निजी क्षेत्रबाट प्रकाशित हुदै आएको एल युनिभर्सल नामक दैनिक पत्रिकाले कैदीहरु र सुरक्षा गार्डहरुका बीचमा भएको भिडन्तमा उनीहरुको मृत्यु भएको जनाएको छ ।
मङ्गलबार दिउसो १ बजेदेखि बेलुका ६ बजे सम्म भिडन्त चलेको पत्रिकाले लेखेको छ । कैदीहरुले कारागार नै नियन्त्रणमा लिन खोजेपनि भिडन्त भएको बताइएको छ ।

कारागार भित्र रहेका इल बालु, इल यान र कासानोभा नामका कैदीहरुको समुहले कारागारमा हिंसा भड्काएको र उनीहरुको मृत्यु भएको पत्रिकाले जनाएको छ ।
भेनेजुएलाका कारागार मामिला मन्त्री आईरिस भारेलाले ९ जना गोली लागि मरेका्, दुई जना औषधीको अत्याधिक प्रयोग र एक जनाको कुटाईका कारण मृत्यु भएको जानकारी दिए ।

उहाँले अरु १० जना घाइतेलाई अदालतमा बुधबार देखिएको बताए । उनीहरुलाई कारागारमा हिंसा भड्काउन जिम्मेबार रहेको भन्दै अदालतमा लगिएको बताइएको छ ।
मन्त्री भरेलाले राष्ट्रपति निकोलास मदुरोकाविरुद्धमा आन्दोलन गरिरहेका आन्दोलनकारीहरुले कैदीहरुलाई ५० हजार अमेरिकी डलर दिएर हिंसा भड्काउन उक्साएको आरोप लगाउनु भएको छ ।

मदुरोविरुद्धमा विगत चार हप्तादेखि भईरहेको प्रदर्शनका क्रममा अहिले सम्म झण्डै दुई दर्जन भन्दा बढी व्यक्तिको मृत्यु भईसेकेको छ । प्रदर्शनकारीहरुले देशका अन्य सहरहरुमा पनि प्रदर्शन गरेका छन् । रासस÷सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org