ताजा समाचार

अमेरिकी चालकरहित विमान आक्रमणमा आठ आतङ्ककारी मारिए

जलालाबाद, १८ वैशाख । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा गुडिरहेको एक सवारी साधानलाई लक्षित अमेरिका आवद्ध चालकरहित विमान आक्रमणमा परी आठजना इस्लामिक स्टेट (आइएस) आतङ्ककारी मारिएका प्रान्तीय सरकारले सोमबार जानकारी दिएको छ ।

नान्गार्हार प्रान्तको मनो इलाकामा स्थानीय समायानुसार आइतबार मध्याह्न २ बजे सो आक्रमण भएको प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पहाडी प्रान्त नान्गार्हारको प्रान्तीय राजधानी जलालाबाद सहर अफगानिस्तानको राजधानी काबुलबाट १२० पूर्वमा पर्दछ । नान्गार्हार प्रान्तमा आइएस लडाकू र सुरक्षाबलबीच सन् २०१५ को सुरुबाट नै द्वन्द्व जारिरहेको छ । रासस/सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org