ताजा समाचार

तान्जानिया बस दुर्घटनामा २९ बालबालिकाको मृत्यु

 

नैरोवी  । तान्जानियाको उत्तरी क्षेत्रमा शनिबार एक विद्यालयको बस दुर्घटनाग्रस्त हुँदा यसमा विद्यालय हिँडिरहेका २९ बालबालिकाको मृत्यु भएको छ भने घटनामा दुई शिक्षक र चालकको पनि मृत्यु भएको विद्यालयका निर्देशकले बताएका छन् ।

“हाम्रा २९ जना बालबालिका, दुई शिक्षक र एक चालकको घटनास्थलमा मृत्यु भएको छ” –लक्की भिनसेन्ट प्राथमिक विद्यालयका इनोसेन्ट मुसिले बताएका छन् ।

मृतकमध्ये १२ जना बालक र १७ बालिका रहेका छन् । बस सडकबाट चिप्लिएर कराटु जिल्लाको मरेरा नदीको खोचमा खसेपछि बसका
सबै यात्रुको मृत्यु भएको हो ।एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org