ताजा समाचार

एफबीआईका निर्देशक बर्खास्त गर्ने आफ्नो निर्णय सहि भएको ट्रम्पको दाबी

काठमाडौं, २८ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच एजेन्सी एफबीआईका निर्देशक जेम्स कोमीलाई पदबाट बर्खास्त गर्ने आफ्नो निर्णय सही भएको बताएका छन् । कोमीलाई पदबाट बर्खास्त गर्ने आफ्नो निर्णयको बचाउ गर्दै सही भएको बताएका हुन् ।

कोमीलाई पदबाट हटाइएपछि धेरैको आलोचनाको सामना गरिरहेका राष्ट्रपति ट्रम्पले आफ्नो निर्णय सही भएको दाबी गरेका हुन् । उनले हिलारी क्लिन्टनको ईमेल छानबिन प्रकरणमा दोषी पाइएकाले कोमीलाई बर्खास्त गरेको बताए ।

ट्रम्पको चुनाव प्रचार र रुससँगको सम्बन्धबारे एफबीआई जाँचको अगुवाई कोमीले गरेका थिए । राष्ट्रपति ट्रम्पले कोमीको ठाउँमा धेरै राम्रो काम गर्न सक्ने, एफबीआईको प्रतिष्ठान र उत्साहलाई कायम राख्न सक्ने व्यक्ति नियुक्त गरिने बताएका छन् । एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org