ताजा समाचार

भारतः विवाह हलको पर्खाल भत्किँदा २४ जनाको मृत्यु, २८ घाइते

काठमाडौं, २८ बैशाख । भारतमा विवाह हलको पर्खाल भत्किँदा २४ जनाका ज्यान गएको छ । राजस्थानको भरतपुर जिल्लामा तीव्र गतिमा चलेको हुरीका कारण बुधबार बेलुका विवाह समारोह भइरहेको हलको पर्खाल भत्किँदा उनीहरुको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

९० फिट लामो तथा १२ फिट अग्लो पर्खाल भत्किँदा ज्यान जानेमा सात महिला र चार बालबालिका छन् । घटनामा २८ जना घाइते भएका छन् । भरतपुरको सिवर रोडमा रहेको एक हलमा विवाह समारोह भइरहेका बेला तीव्र गतिमा हुरी चलेपछि त्यसबाट बच्न मानिसहरु पर्खालको आडमा आएका थिए ।

त्यही बेला पर्खाल भत्किएकाले धेरै क्षति भएको समाचार संस्था पिटिआईले जनाएको छ । राजस्थानका मुख्यमन्त्री वसुन्धरा राजे सिन्धियाले घटनाप्रति दुःख व्यक्ति गर्दै घाइतेको उपचार गर्न निर्देशन दिएका छन् । एजेन्सी

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org