ताजा समाचार

आइपिएलः राइजिङ पुणेलाई ७ रनले हराउँदै दिल्ली विजयी

  काठमाडौं, ३० बैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ । फिरोज शाह कोट्ला रंगशालमा भएको खेलमा दिल्लीले राइजिङ पुणे सुपर जायन्टलाई ७ रनले हराएको हो । १ सय ६९ रनको लक्ष्य पछ्याएको पुणेले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रनमात्र बनाउन सक्यो ।

उसका लागि मनोज तिवारीले ६०, स्टिवन स्मिथले ३८ तथा बेन स्टोक्सले ३३ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले ८ विकेटको क्षतिमा १ सय ६८ रन बनायो । उसका लागि करुण नायरले ६४ तथा ऋसब पन्तले ३६ रन बनाए । हारपछि प्लेअफ पुग्नका लागि पुणेले अर्को खेल पर्खनु पर्ने भएको छ ।

दिल्ली १३ खेलबाट १२ अंकसहित छैटौं स्थानमा छ । १३ खेलबाट १६ अंक जोडेको पुणे तेस्रो स्थानमा छ । पुणे प्लेअफमा पुग्ने सम्भावना बलियो छ । तर निर्णयका लागि भने अर्को खेल पर्खनु पर्ने भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org