ताजा समाचार

सम्बन्धविच्छेदपछि मलाइकाले १० करोड मागिन्

काठमाडौं, ३१ बैशाख । सम्बन्धविच्छेदपछि मलाइका अरोडाले आफ्ना पति अरबाज खानसँग १० करोड भारु मागेकी छिन् । गत मे ११ मा आधिकारिक रुपमा डिभोर्स गरेकी मलाइकाले अरबाज खानसँग एलुमनी अमाउन्ट बापत १० करोड भारतीय रुपैयाँ माग गरेकी हुन् । भारतीय मिडियाको रिपोर्टका अनुसार मलाइका उक्त रकमभन्दा कममा सम्झौता गर्न तयार छैनन् ।

यता, अरबाजले भने मलाइकालाई आफू १५ करोड भारु दिन तयार रहेको बताएका छन् । दुवैका एक छोरा छन् अरहान, जो मलाइकासँग रहनेछन् । त्यही भएर अरबाजले आफ्नो छोरालाई एक घर पनि उपहार दिइसकेका छन् ।

सन् १९९३ मा मिस्टर कफी नामक विज्ञापनको सुटिङको दौरान अरबाज र मलाइका नजिक आएका थिए । निकै वोल्ड विज्ञापन विवादीत बनेको थियो । यस क्रममा नजिक भएका उनीहरुले ५ वर्ष डेटिङ गरेपछि सन् १९९८ मा विवाह गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org