ताजा समाचार

प्रियंकालाई पछि पार्दै दीपिका यस वर्षकी सबैभन्दा सेक्सी महिला बनिन्


काठमाडौं, १७ जेठ । प्रियंका चोपडालाई पछि पार्दै दीपिका पादुकोण यस वर्षकी सबैभन्दा सेक्सी महिला बनेकी छन् । नायिका दीपिका र प्रियंकाले बलिउडमा मात्र नभई हलिउडमा पनि आफ्नो अभिनय कला देखाउने मौका पाएका छन् । म्याक्सिम इन्डिया म्यागजिनमा दीपिका र प्रियंकाको नाम हटेस्ट वुमन इन द वर्ल्डमा समावेश छ । म्याक्सिमको सबैभन्दा सेक्सी महिलाको सूचीमा दीपिकाले बाजी मारेकी छिन् ।

प्रियंका चोपडाले हलिउडमा ‘क्वांटिको’ बाट डेब्यू गरेर निकै चर्चित भइन् भने दीपिका पादुकोणले ‘एक्सएक्सएक्स अफ जेन्टर केज’ बाट निकै वाहवाही बटुलेकी छिन् । अहिले प्रियंका चोपडा आफ्नो अर्को हलिउड फिल्म ‘बेवाच’ को रिलिजका लागि पूर्ण रुपमा तयार छिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org