ताजा समाचार

भारतद्धारा अन्तरीक्षमा अहिलेसम्मकै ठूलो ६ सय ४० टन तौलको रकेट प्रक्षेपण (फोटोसहित)

काठमाडौं, २३ जेठ । भारतले आफ्नो अहिलेसम्मकै ठूलो रकेट अन्तरीक्षमा प्रक्षेपण गरेको छ । बंगालको खाडी क्षेत्रस्थित श्रीहरीकोटाबाट भारतले ६ सय ४० टन तौलको रकेट सफलतापूर्वक प्रक्षेपण गरेको हो । रकेटको सफलतापूर्वक परीक्षण भारतीय इतिहासमा महान दिन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यो रकेटको प्रक्षेपणसँगै अब भारतीय अन्तरीक्षण अनुसन्धान संस्था इसरोलाई आफ्ना गह्रौँ उपग्रह पठाउनका लागि युरोपियन रकेटहरुको भर पर्नुपर्ने छैन ।

यो रकेटको तौल पाँचवटा जम्बो जेट तथा २ सय वटा हात्तीको तौल बराबर रहेको भनी तुलना गरिएको छ । विश्वको व्यवसायिक स्टाटेलाइट प्रक्षेपण बजारमा आफ्नो हिस्सा बढाउने प्रयत्नमा रहेको भारतका लागि पछिल्लो प्रक्षेपण निकै महत्वपूर्ण रहेको बताइएको छ । अन्तरीक्षमा गह्रौँ उपग्रहहरु प्रक्षेपण गर्दा भारत हालसम्म अन्य देशमा निर्भर रहनु परेको छ र यसले इसरोको ठूलो बजेट खर्च हुन्छ ।

जिएसएलभी मार्क तृतीय नामक यो रकेटले तिन टन सम्मको वजन बोकेर अन्तरीक्षयानहरु रहेको पृथ्वीको कक्षमा पुग्न सक्नेछ । पृथ्वीमा चालु रहेका टेलिभिजन, टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट कनेक्सन मूलभुत रुपमा सोही कक्षमा रहेका स्याटेलाइटमा निर्भर छन् ।

भारतले प्रक्षेपण गरेको रकेट उसका लागि सबैभन्दा गह्रौँ भएतापनि यसले विश्व किर्तिमान भने राख्न सकेन । सन् १९६७ देखि १९७३ को बीचमा नासाले प्रक्षेपण गरेको स्याट्रर्न भी अहिलेसम्मकै गह्रौँ रकेट हो । जसको तौल अहिलेको भारतीय रकेटको चार गुणा बढि थियो ।

बीबीसीको सहयोगमा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org