ताजा समाचार

रुपाकोट मझुवागढी नगरपालिकाका तीन उम्मेदवार एउटै वडाका

खोटाङ, २८ जेठ । खोटाङमा एकै वडाका तीन जना नेता मेयरको उम्मेदवार बनेका छन् । असार १४ गतेका लागि तोकिएको स्थानीय तहको दोस्रो चरणको चुनावका लागि रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा वडा नम्बर ६ नेर्पाका दुर्गाजयन्ती राई, दिपनारायण रिजाल र निसान राई उम्मेदवार बनेका हुन् ।

दुर्गाजयन्तीलाई माओवादी केन्द्र, दिपनारायणलाई एमाले र निसानलाई राप्रपाले रुपाकोट मझुवागढी नगरपालिकामा मेयरको उम्मेदवारका रुपमा उठाएको हो । दुर्गाजयन्तीले जिल्ला कमिटिकै बैठकबाट मेयरको टिकट पाएका हुन् । दिपनारायणले एमाले १ नम्बर प्रदेश कमिटिको बैठक तथा निसानले राप्रपा नेपाल केन्द्रीय समितिको बैठकबाट टिकट पाएका हुन् ।

राप्रपा नेपालले निसानलाई बिहीबार मात्र मेयरमा उठाउने टुंगो लगाएको हो । निसान राष्ट्रिय पञ्चायतका उपाध्यक्ष स्वर्गीय पर्शुराम राईका छोरा हुन् । नेर्पाबाट दुईजनाले मेयरको टिकट पाइसकेको अवस्थामा निसानले टिकट पाएपछि त्यस वडाबाट मेयरको उम्मेदवार संख्या तीन पुगेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org