ताजा समाचार

राजेन्द्र महतो देउवाविरुद्ध उत्रिदै भने, ‘मुलुक गम्भिर दुर्घटनामा पर्न सक्छ’

विराटनगर, २८ जेठ । राष्ट्रिय जनता पार्टी, नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफ्ना मागहरु पूरा नभए दोस्रो चरणको चुनावमा सहभागी नहुने प्रष्ट पारेका छन् । सरकारले चुनावको मिति केही दिन पछि सारेर भए पनि मधेसी दललाई चुनावमा आउने वातावरण तयार गर्नुपर्ने उनको भनाई छ ।

महतोले संविधान संशोधनको आफूहरुको माग सम्बोधन नगरी निर्वाचनमा गए मुलुक दुर्घटनामा पर्ने चेतावनी दिए । ‘संविधान संशोधन नगराइ चुनाव गराए त्यसको नतिजा राम्रो आउन सक्दैन,’ विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा महतोले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस्तो गल्ती गरेर देशलाई अस्थिर बनाउनु हुनेछ भन्ने मलाई लाग्दैन ।’

उनले अघिल्लोपटक देउवा प्रधानमन्त्री भएका बेला जनताको तर्फवाट पेश भएका मागलाई रद्दीको टोकरीमा हाल्दा मुलुक द्वन्द्वमा फसेको स्मरण गराउँदै त्यसबाट पाठ सिकेर देउवाले मधेस समस्या समाधान गर्नुपर्ने बताए ।

महतोले मधेस आन्दोलका क्रममा लगाइएका मुद्दा फिर्ता, जनसंख्याको आधारमा गाउँपालिका, नगरपालिका संख्या थपभएपछि मात्रै राजपा निर्वाचनमा जाने प्रष्ट पारे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org