दार्जिलिङ भारतको आन्तरिक मामिला हो कि नेपालको ? नेपालमा छलफल गर्न प्रस्ताव
काठमाडौं, १ असार । यतिबेला भारतको दार्जीलिङमा गोर्खा ल्याण्डको माग गर्दै आन्दोलन चर्किरहेको छ । त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली भाषीहरुले गोर्खा ल्याण्डलाई अलगै राज्य बनाउन माग गर्दै आन्दोलन गरिरहेका छन् । उनीहरुले गरिरहेको आन्दोलन भने लामो समयदेखिको हो । उनीहरु बेला बेलामा राज्यसँग आफ्नो अधिकार माग्न तम्सिन्छन् ।
आफ्नो मागलाई बलियो बनाउन तथा आफ्नो आन्दोलनलाई सशक्त बनाएर लैजान भन्दै गोर्खा जनमुक्ति मोर्चाको गठन गरेर संघर्ष गरिरहेका छन् । यतिबेला गोर्खा जनमुक्ति मोर्चा अगल राज्यको माग तथा नेपाली भाषालाई सरकारी कामकाजी भाषाको माग गर्दै आन्दोलनमा छ । सरकारी पक्षले त्यस क्षेत्रमा रहेको बंगाली भाषालाई कामकाजी भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरेपछि आन्दोलन थप चर्किएको हो ।
आन्दोलनलाई भारतीय सरकारले मत्थर पार्न भन्दै व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ । भारतीय सुरक्षाकर्मीहरुले पनि भारतीय सरकारको आदेशअनुसार आन्दोलनलाई विफल पार्न भन्दै महिला तथा बालबालिमामाथि कुटपीट गर्ने, पक्राउ गर्ने लाठी चार्ज गर्ने जस्ता निन्दनीय कार्य भईरहेको छ ।
उक्त कदमको भारतका विभिन्न राजनीतिक पार्टी तथा मानवअधिकावादी संघसंस्थाले विरोध जनाईरहेका छन् । तर राज्यले विरोधको वेवास्था गर्दै जसरी पनि आन्दोलन तुहाउन कार्यमा लागिपरेको छ । गोर्खा ल्याण्ड आन्दोलनको नेतृत्व गोर्खा राष्ट्रिय मुक्तिमोर्चाका अध्यक्ष विमल गुरुङले गरिरहेका छन् ।
अध्यक्ष गुरुङ भन्छन्, ‘यो अब आफुहरुको अधिकार प्राप्तिको अन्तिम लडाई हो । अधिकार प्राप्त नगरुन्जेलसम्म आन्दोलन रोकिने छैन् । राज्यले जति दमन गरेपनि आफ्नो आन्दोलन अधिकार प्राप्त नगरी सकिनेवाला छैन् ।’ अध्यक्ष गुरुङ यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चित बनेका छन् । हो तिनै अध्यक्ष गुरुङलाई नेपालमा ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले पनि साथ दिईरहेका छन् ।
उनले जसरी मधेशवादी दलहरु आफ्नो मागको लागि भारतसमक्ष गुहार गर्दै आईरहेका छन्, त्यसैगरी उनीहरुले पनि नेपालमा आएर
छलफल गर्नुपर्ने धारणा राखेका छन् । फणिन्द्रले सामाजिक सञ्जाल मार्फत अध्यक्ष गुरुङलाई नेपाल भ्रमणको लागि निम्ता दिएका छन् । नेपालमा आएर गोर्खा ल्याण्डको विषयमा छलफल गर्न आफुहरु तयार रहेको भन्दै उनले नेपाल भ्रमणको निम्ता दिएका हुन् । अध्यक्ष नेपालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दार्जीलिङ भारतको आन्तरिक मामिला हो कि नेपालको ? यस बारे छलफल गर्न तपाईंहरू दिल्ली जाने होइन काठमाडौं आउनुपर्छ । म तपाईंलाई नेपाल भ्रमणमा आउन निमन्त्रणा गर्दछु ।’
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...